अहमदाबादमा विमान दुर्घटना : गुजरातका पूर्वमुख्यमन्त्री रुपाणी पनि थिए सवार



जनकपुरधाम, जेठ २९ । भारतको अहमदाबादमा एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान दुर्घटना भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार २४२ यात्रु सवार उक्त विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार थिए।

विमान अहमदाबादबाट लण्डन जाँदै थियो। एयर इण्डियाको फ्लाइट नम्बर आई–१७१ ले स्थानीय समयअनुसार दिउँसो १ः३८ बजे उडान भरेको थियो। दिउँसो १ः४० बजे विमान दुर्घटना भएको थियो।



विमान एक भवनमा ठोक्किएको थियो। दुर्घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति: २०८२ जेष्ठ २९, बिहीबार १५:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको