एघारौं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल



काठमाडौं, असार २ । एघारौं विश्व योग दिवसलाई भव्यताका साथमनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धितमन्त्रालय र योग गुरुसहितका प्रतिनिधिहरुले छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास,बालुवाटारमा भएको छलफलमा तीनतहकै सरकार स्तरबाट एघारौं विश्व योग दिवस मनाउन गठितमूल समारोह समितिबाट भइरहेका तयारीबारे प्रधानमन्धी ओलीलाई जानकारी गराइएको थियो ।

प्रधानमन्त्री ओलीले नेपाल योग र ज्ञानको तपोभूमि भएकाले योगलाई जीवनशैलीका रुपमाविकास गर्दै निरोगी नेपाल अभियानसँग जोडेर कार्यक्रम सञ्चालन गर्न आग्रहगरे ।

छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिक्षामन्त्री रघुजीपन्त, जीवनविज्ञान संस्थाका संस्थापकएलपीभानु शर्मा र गुरु रमेश नेपाल, मूल समारोह समितिका सदस्यसचिवशिवकुमार सापकोटालगायत सहभागीथिए ।

हरेकजुन २१ ९असार ७० मा मनाइने यो दिवसको यस वर्षका लागि ‘सिङ्गो पृथ्वी, मानव स्वास्थ्यकालागि योग’भन्ने आदर्श वाक्यका साथमनाउने तय गरिएको छ ।

दिवस मनाउनगत जेठ २९ गते शिक्षामन्त्रालयमा शिक्षामन्त्री पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहितको उपस्थितिमा भएको बैठकले शिक्षामन्त्री पन्तको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको थियो ।

प्रकाशित मिति: २०८२ असार २, सोमबार १४:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको