बिहार सरकारलाई तेजस्वी यादवको प्रश्नै प्रश्न



एजेन्सी, असार २ । बिहार सरकारलाई तेजस्वी यादवले प्रश्नै प्रश्न गरेका छन । बिहारमा कर्मचारीतन्त्र हाबी भएको भन्दै उनले कर्मचारीहरुले जनप्रतिनिधिहरुमाथि वेवास्ता गरेको आरोप समेत लगाए ।

आइतबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पछिल्लो समयमा गठन भइरहेका आयोग र बोर्डहरूमा मनपर्ने अधिकारी र राजनीतिज्ञका आफन्तहरूलाई पद दिएर पक्षपात गरिएको दाबी समेत गरे । नियुक्ति र मनोनयनको खेल नियम, कानून र नैतिक मूल्यमान्यताभन्दा बाहिर गइ रहेको उनको दावी थियो ।



उनले भने ,‘मलाई नातावादको आरोप लगाउने एनडीए नेताहरू किन मौन छन् ? भ्रष्टाचार र जबरजस्ती असुलीसँगै सरुवा पदस्थापनको खेल चरम सीमामा छ ।’

बिहार प्रतिपक्षी दलका नेता समेत रहेका तेजस्वीले एनडीए घटकदलका नेताहरूका आफन्तहरूले विभिन्न आयोग र बोर्डहरूमा पद पाएका बताउदै भने ,‘ कुन अफिसरकी श्रीमती र कुन अफिसरको छोराले त्यो स्थान पाएका छन् । यदि इमानदारपूर्वक अनुसन्धान भयो भने, धेरै अधिकारीहरूको पर्दाफास हुनेछन् । समय आएपछि म पर्दाफास गर्नेछु ।’

केन्द्र सरकारले एनडीए घटक पार्टीका एक उच्च पदस्थ अधिकारीका दुई छोरीहरूलाई अभिलेख अधिवक्ताको पद दिएको बताउदै उनले भने ‘सरकारको विचारमा, के उनीभन्दा सक्षम अरु कुनै वकिल थिएन ? यस नियुक्तिको प्रभाव सजिलै बुझ्न सकिन्छ ।’

बिहार सरकारलाई तेजस्वी यादवले व्यंग्य गर्दै भने कि सरकारले अधिकारी र नेताहरूका आफन्तहरूका लागि विशेष व्यवस्था आयोग गठन गर्नुपर्छ । उनले यसलाई ज्वाई आयोगको संज्ञा समेत दिन भ्याए । पत्रकार सम्मेलनमा मङ्गनीलाल मण्डल, संजय यादव र एजाज अहमद आदि उपस्थित थिए।

प्रकाशित मिति: २०८२ असार २, सोमबार ०७:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको