बागमती प्रदेश सभाको बैठक आज (आइतबार) बस्दै



काठमाडौं, भदौ १५ । बागमती प्रदेशको प्रदेश सभाको बैठक आज (आइतबार) बस्ने भएको छ ।

बागमती प्रदेश सभाको छैठौं अधिवेशनको बाइसौं बैठक प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम आज दिनको २ बजे बस्ने सचिवालय सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।



बैठकमा प्रदेश मामिला समितिमा विचाराधीन रहेको २ विधेयकको प्रतिवेदन पेस गरिने कार्यसूची रहेको छ । यस्तै बैठकमा प्रदेश चिट्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन पेस हुनेछ ।

प्रकाशित मिति: २०८२ भाद्र १५, आईतवार १०:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको