दूई उज्जेवकिस्तानी महिला सहित भारतीय नागरिक प्रहरी नियन्त्रणमा



सप्तरी, असोज ५ । आवश्यक कागजात विनै भारत तर्फ जान लागेकी दूई उज्जेवकिस्तानी महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उज्जेवकिस्तानकी ३९ वर्षिया शेशिस्ताअकवारोवा र ३८ वर्षिया फेरुजा याख्सीमुरा तोवालाई प्रहरीले नियन्त्रणमा लिएको हो । ती महिलाहरुलाई विआर ०७ ए वाई १८७६ भारतीय नम्बरको मोटरसाईकलमा राखी भारतको लौकहा बाजार तर्फ लैजाने प्रयास गरेका भारतीय नागरीक २० वर्षिय नितिश कुमार बिन्दालाई पनि नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेतले जानकारी दिए ।

विन्दा भारतको विहार राज्य मधुवनी जिल्ला लालमनियाडुमरवाना ग्राम पञ्चायत निवासी रहेको खुलेको छ । उनले ती महिलाहरुलाई आफुले नचिनेको र रातीको समयमा एकान्त स्थलमा अलपत्र देखेपछि उनीहरुकै अनुरोधमा सुरक्षाका लागी लौकहा बाजार सम्म पु¥याई दिन लिफ्ट दिइ सहयोग गर्न खोजको बताएका छन ।

भारतीय सीमा संग नजिक पर्ने सप्तरीको वलान विहुल गाउँपालिका ४ स्थित चन्ही–वेल्ही सडक खण्डमा गएराती (शनीवार राती) ८ बजेतीर चेकजाँचको क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक वस्नेतले बताए ।

प्रहरी नियन्त्रणमा रहेकी दुबै विदेशी महिलाहरुले आपुृmहरु घुम्ने उदेश्यले नेपाल आएको र घुम्नै क्रममा आफुहरु बाटो विराएर यता आईपुगेको बयान दिएकी छिन । उनीहरुले आफुहरुसंग पासपोर्ट भएको तर काठमाण्डौमा भाडामा वसेको लजमै छुटेकोे बताएकी छिन । आफुहरु अलपत्र परेको बेला भेटेको विन्दाले लिफ्ट दिएको उनीहरुले प्रहरी समक्ष बताएकी छिन ।

प्रहरी नायब उपरिक्षक वस्नेतले महिलाहरुको बयानका आधारमा काठमाण्डौमा वस्ने लज (होटल)बाट उनीहरुको पासपोर्ट झिकाउने काम तथा समग्र घटनाक्रमबारे सुक्ष्म अनुसन्धान भईरहेको बताएका छन ।

प्रकाशित मिति: २०८२ आश्विन ५, आईतवार १८:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको