काठमाडौं , असोज २९ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन २७, २८ र २९ मंसिरमा पोखरामा हुने भएको छ ।
एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी समितिमा सो मिति र स्थानमा ११औँ महाधिवेशन गर्ने प्रस्ताव भएको शिलापत्रलाई जानकारी दिए ।
महाधिवेशनको मिति तय गर्नका लागि बसेको एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा जारी छ । बैठक तीन दिनसम्म चल्नेछ ।






