नेपाली क्रिकेट टोलीबाट बिदा भए शरद, रोहितले भने– हजुरको शान्त स्वभावको म सधैँ अनुयायी हुँ



काठमाडौँ, कात्तिक २३ । शरद भेसवाकरले नेपाली क्रिकेट टोलीबाट बिदा लिएका छन् । हङकङ सिक्सेस खेलेसँगै शदले आज बिहान टोलीबाट सन्यास लिएका हुन् ।

उनले सामाजिक सञ्जालमा नेपाली क्रिकेट संघ(क्यान)लाई धन्यवाद दिएका छन् ।



त्यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले धन्यवाद दिएका छन् । रोहितले आफू उनको शान्त स्वभावको अनुयायी भएको बताएका छन् ।

‘शरद दाई, नेपाली क्रिकेट खेलाडीको रुपमा दिनुभएको योगदानका लागि धेरै–धेरै धन्यवाद । धेरै युवाका लागि प्रेरणाको स्रोत बन्नुभएको छ, खेल मैदानभित्र हजुरहरूको शान्त स्वभावको म सधैं अनुयायी हुँ । क्रिकेटको दोस्रो इनिङका लागि शुभकामना दाई’, रोहितले भने ।

उमेर समूहदेखि सिनियर टोलीसम्मा योगदान गरेका शरद २०२२ देखि राष्ट्रिय टोलीमा छैनन् । सन् २०१४ मा नेपालले आईसीसी टी– २० विश्वकप खेल्दा र सन् २०१८ मा नेपालले पहिलोपटक एकदिवसीय क्रिकेट खेल्दा शरद टोलीका महत्त्वपूर्ण खेलाडी दिए ।

प्रकाशित मिति: २०८२ कार्तिक २३, आईतवार ११:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको