‎ जसपा नेपाल चुनाव लक्षित प्रशिक्षणमा व्यस्त



‎जनकपुरधाम, मंसिर ११ । संघर्ष संगै चुनावी तयारीमा जुटेको जनता समाजवादी पार्टी नेपाल चुनाव लक्षित प्रशिक्षण शुरु गरेको छ ।

स्कुल तथा प्रशिक्षण विभागले मधेश प्रदेशका नेता कार्यकर्ताहरुलाई पार्टीको नीति सिद्धान्त, चुनावी रणनीति र संघर्ष बारे प्रशिक्षित गर्न जनकपुरमा मधेश प्रदेश स्तरीय ३ दिवसीय प्रशिक्षण जारी राखेका छन ।

बुधबार बाट शुरु भएको प्रशिक्षणको उद्घाटन सत्रसँगै पार्टी अध्यक्ष तथा प्रमुख प्रशिक्षक उपेन्द्र यादवले प्रशिक्षण दिई रहेका छन ।
‎यादवले पहिलो दिन “नेपालको राजनीतिक शक्तिहरूको तुलनात्मक अध्ययन” शीर्षकमा प्रशिक्षणार्थीहरुलाई विस्तृत प्रस्तुति दिँदै देशको वर्तमान राजनीतिक अवस्था, दलहरूको वैचारिक आधार, शक्ति–सन्तुलन र प्रदेश–संघीय सम्बन्धबारे विश्लेषण गरेको प्रशिक्षण विभागका अध्यक्ष सुरेश मण्डलले जनाएका छन ।

शुक्रवार सम्म चल्ने प्रशिक्षणमा मधेश प्रदेशका करिब ७० जना नेता कार्यकर्ताको सहभागिता रहेको छ भने जयनिशान्त , डा. उमाशंकर प्रसाद, सुरेश कुमार मण्डलले प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: २०८२ मंसिर ११, बिहीबार ०८:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको