सूर्यबिम्ब एउटा राशिलाई छोडेर अर्को राशिमा जानु नै सूर्यसंक्रमण हो अर्थात् सूर्यको राशि परिवर्तन हो। त्यो संक्रमण अति नै सूक्ष्म हुन्छ। संक्रमणकाल सूक्ष्मातिसूक्ष्म हुने भएकाले संक्रमणको पूर्वापर गौणकालमा शास्त्रानुसार स्नानदानादि गर्ने गरिन्छ। यसरी ऋषिदेवलले भनेका छन्-
“संक्रान्तिसमयः सूक्ष्मो दुर्ज्ञेयः पिशितेक्षणैः।
मुख्यालाभे तु गौणेऽपि कार्या दानादिका क्रिया॥”
त्यसैकारणले गर्दा संक्रान्तिको पूर्वापर षोडशघटिको समयलाई शास्त्रले पुण्यकाल मानेका छन्। यसरी कृत्यसारसमुच्चयग्रन्थमा वशिष्ठादिका मतलाई उद्धृत गरेको पाइन्छ-“पूर्वतोऽपि परतोऽपि संक्रमात्पुण्यकालटिकास्तु षोडश।”
हुनतः राशिभेदले संक्रान्तिका पूर्वापरका पुण्यकालका मानहरू फरक-फरक शास्त्रले मानेका छन्। कर्कसंक्रान्ति(याम्यायनसंक्रान्ति)र विष्णुपदिसंक्रान्ति (सिंहवृश्चिकवृषकुम्भसंक्रान्ति)को संक्रमणपूर्वका सोह्रघटि पुण्यकाल हुन्छन् भने मेषतुलासंक्रान्तिको अघि र पछिको आठ-आठघटि पुण्यकाल हुन्छन्। मतान्तरले विषुवसंक्रान्तिको आदि र अन्त्यको दश-दश वा सोह्र-सोह्रघटि पुण्यकाल हुन्छन्। त्यस्तै मकरसंक्रान्ति (सौम्यायनसंक्रान्ति) र षडशीतिसंक्रान्ति (मिथुनकन्याधनुमीनसंक्रान्ति)को संक्रमणपछिका सोह्रघटि पुण्यकाल हुन्छन्। यथा-
“याम्यायने विष्णुपदे चाद्या मध्यास्तुलाजयोः ।
षडशीत्यानने सोम्ये परा नाड्योऽतिपुण्यदाः ॥”
दरभङ्गा विश्वविद्यालय पञ्चाङ्ग अनुसार यो वर्ष वि.सं.२०८२ सालमाअर्थात् २०२६ ई. मा मकर संक्रमण १४ जनवरीको राति ९ बजेर ८ मिनट १२सकेण्डमा भइरहेको छ। विश्वविद्यालय पंचांग कै अनुसार १४ जनवरीको१२ बजेपछि सूर्यास्त सम्म पुण्यकाल रहने कुरा उल्लेख छ। १४ जनवरीबाट नै माघस्नान आरंभ हुनेछ। तर मिथिला कै सर्वमान्यग्रन्थ वा विश्वविद्यालयपञ्चाङ्ग कै आधारग्रन्थबाट त्यो कुरा पुष्टि भएको देखिदैन्। अन्य नेपालबाट र भारतबाट प्रकाशित प्रायः पञ्चाङ्गमा १५ तारिखको मकरसंक्रान्ति लेखिएको छ र म पनि १५ तारिख मै सहमत छु। रामाचार्यको एउटा मतलाई आधार बनाएर विश्वविद्यालयपञ्चाङ्गले १४ तारिखको संक्रान्ति पुण्यकाल मानेको देखिन्छ । जो कि त्यो सर्वमान्य छैन। किनकि कृत्यसारसमुच्चयमा बाह्रै वटा संक्रान्तिकादिवारात्रिभेदलेपुण्यकालको स्पष्ट व्याख्या छ।त्यहाँ- “मकरसंक्रमणे पराश्चत्वारिंशत् घटिकाः पुण्याः।” दिवासंक्रमणे।
रात्रिसंक्रमणे पूर्वमध्यपरभागवशेन पुण्यकालव्यवस्था त्रिविधा। यद्यर्धरात्रात्पूर्वे संक्रान्तिस्तदा तद्दिनार्धोत्तरकालः पुण्यकालः। यद्यर्धरात्रात्परं संक्रान्तिस्तदाऽग्रिमदिनपूर्वार्धमेव पुण्यम्। यद्यर्धरात्रे एव संक्रान्तिस्तदा पूर्वदिनोत्तरार्धं परदिनपूर्वार्धं चेत्युभयदिनगतः पुण्यकालः।इति सामान्यतः।
तथा वृद्धवशिष्ठेन – “पूर्णे चेदर्धरात्रे तु यदा संक्रमते रविः। प्राहुर्दिनद्वयं पुण्यं मुक्त्वा मकरकर्कटौ॥”
देवीपुराणेऽपि-“मीनार्धं भास्करे पुण्यमपूर्णेशर्वरीदले। सम्पूर्णे तूभयोर्देयमतिरेकेपरेऽहनि॥”
परन्तु मकरकर्कटसंक्रान्त्योर्नेदृशी नियता संस्था, तत्र तु ‘मुक्त्वा मकरकर्कटौ’ इत्यनेन भिन्नो नियमः सूचितः।तथाऽऽह वृद्धगार्ग्यः –
“यदास्तमनवेलायां मकरं याति भास्करः। प्रदोषे चार्धरात्रे वा स्नानं दानं परेऽहनि॥
अर्धरात्रे तदूर्ध्वे वा संक्रान्तौ दक्षिणायने। पूर्वमेव दिनं ग्राह्यं यावन्नोदयते रविः॥”
अर्थात्कर्कसंक्रान्ती रात्रेः कस्मिन्नप्यंशे भवति तदा तत्पुण्यकालः पूर्वदिने एव मध्याह्नोत्तरकालः। रात्रेः कस्मिन्नप्यंशेऽपि मकरसंक्रमे परदिने एव पुण्यकालः।एवमेव भविष्यपुराणेऽपि-
“यदास्तमनवेलायां मकरं याति भास्करः। प्रदोषे चार्धरात्रे वा स्नानं दानं परेऽहनि॥”
अर्थात्यदि सूर्यास्त समयमा, प्रदोषकालमा वा अर्धरात्रिसमयमा सूर्य मकरराशिमाप्रवेश भएकोछ भने स्नानदानादि परेऽहनि अर्थात्भोलीपल्टगर्न स्पष्ट आदेश छ। युक्तिसंगत पनि छ। किनकि मकर संक्रमण हुनु भन्दा पूर्व सूर्य दक्षिण अयनमा हुन्छ ।
परमयं सम्प्रदायो द्राविडदेशीयैर्विशेषतयाऽऽद्रियते। तीरभुक्त्यादिदेशे तु-
म. म. महेशठक्कुरैः, म. म. वामदेवोपाध्यायैश्चैवं व्यवस्थोक्ता-
“धनुर्मीनावतिक्रम्य कन्यां च मिथुनं तथा। पूर्वापर विभागेन रात्रौ संक्रमणं यदा॥ दिनान्ते पञ्चनाड्यस्तु तदा पुण्यतमाः स्मृताः। उदयेऽपि तथा पञ्च दैवे पित्र्ये च कर्मणि॥”
इति तु मकरकर्कटभिन्नेऽपि – पुण्यकालव्यवस्था पूर्वोक्तवचनस्वरसात्। ‘षडशीतिमुखेऽतीते व्यतीते चोत्तरायणे’ इत्यादि विरोधात्पूर्वैकवाक्यतयाऽयमर्थः -“रात्रौ पूर्वभागे मकरसंक्रमे परेऽहनि उदये पञ्चनाड्यः पुण्याः। रात्रे परभागेऽपि कर्कसंक्रमे पूर्वदिनान्ते पञ्चनाड्यः पुण्याः।”
वस्तुतस्तूपपत्तिदृष्ट्या- मकरसंक्रमणात्परं सौम्यायनप्रवृत्तेर्याम्यायनापेक्षया सौम्यायनस्य पुण्यसमयस्पष्टतया सर्वास्ववस्थासु मकरसंक्रमे परा एव घटिकाः पुण्याः। कर्कसंक्रान्तौ तु पूर्वा एवेति युक्तियुक्तम्। तथैव कृत्यशिरोमणिधृतराजमार्तण्डे निगदितम्-
“निशाऽर्कचारान्निकटं दिनार्धं दिवाऽर्कचारान्निकटाष्टघट्यः।
ताः कर्कटे प्राक्कथितेतरेऽर्वाक् पुण्याय विष्वग् घटगोऽलिसिंहे॥”
एतावताऽपि मकर संक्रमे परघटिकाः पुण्याः स्पष्टतया निगदिताः।
अतः १४ जनवरीको रात्रिमा सूर्य संक्रमण हुने भएकाले १५ जनवरीको सूर्योदयकालदेखि मध्यान्हसम्म सबै क्षेत्रमा पुण्यकाल स्पष्टरूपले देखिन्छ। मिथिला क्षेत्रको प्रमाणलाई आधार मात्र मान्ने हो भने पनि १५ जनवरीको सूर्योदयदेखि २ घन्टासम्म पुण्यकाल वा मध्यान्हसम्म पुण्यकाल हुन्छ। हुनतः १५ जनवरी अर्थात् माघ १ गते वृहस्पतिवारका दिन पुरा दिन नै पुण्यकाल हुन्छ। तसर्थ १५ जनवरीको स्नान,दान,हवन आदि कार्य र माघस्नान प्रारम्भको शुभ समय रहेकोछ।
तिथिको आधारमा पनि मकर संक्रान्ति १५ जनवरी कै देखिन्छ। यहाँ धेरै जनाको शंका छ गुरूवारको दिन खिचडी अर्थात् जाउलो खान मिल्छ कि मिल्दैन? मिल्छ मजाले किनकी यहाँ वारभन्दा बढी पुण्यकारक समय संक्रान्तिको भयो । अतः गुरुवारको दिन तिलस्नान,तिलगुडदान,खिचडी,घ्यू ,तिल,गुड, चौरठ आदि मजाले खान मिल्छ।
Email – [email protected] , सम्पर्क नं. ९८४४१४८७७६






