जनकपुरधाम, माघ २१ । राष्ट्रिय मुक्ति पार्टी परित्याग गरेको केन्द्रिय सचिव लगायतका नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् ।
जनकपुरधाममा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशी नेता तथा कार्यकर्तालाई औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गर्ने नेताहरूमा रामुपाका केन्द्रिय सचिव संजय कुमार चौधरी, केन्द्रिय अनुशासन विभाग प्रमुख संजय सिंह, केन्द्रिय कार्यकारिणी सदस्य कामेश्वर झा, बैद्यनाथ कुमार सिंह, विजय कुमार राम, नितु यादव, अशोक ठाकुर, राजाराम कापर, किशुन नायक, पुलक यादव, फुलो देवी पासवान, रामचन्द्र दास र बरतुन पासवान रहेका छन् ।
त्यसैगरी शंकर कुमार पासवान, बिरेन्द्र पासवान, जीवन कुमार साह, चन्द्रिका मण्डल, प्रकाश ठाकुर, दिनेश साह, इन्द्रजीत दास र राजु कुमार चौधरी सहित जसपा नेपालमा समाहित भएका छन् ।
जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रिय कार्यसम्पाद समितिका सदस्य दिपक कार्की, लालकिशोर साह, परमेश्वर साह, शैलेन्द्र साह, मधेश प्रदेश अध्यक्ष बालकिशोर यादव, भौतिक पूर्वाधार विकास मन्त्री राजकुमार गुप्ता, श्रम तथा यातायात मन्त्री मनिष कुमार सुमन सहितका नेताहरुको उपस्थिति रहेको थियो ।
नवप्रवेशी नेताहरूले जसपा नेपालको नीति, विचार र नेतृत्वबाट प्रभावित भई पार्टीमा प्रवेश गरेको बताएका छन् । उनीहरूले मधेशको अधिकार र पहिचानको आन्दोलनलाई थप सशक्त बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।






