बालेन आउँदा सप्तरीमा उर्लियो जनसागर

घण्टी बजाउँदै नमस्कार गर्दै बालेनले गरे बजार क्षेत्र परिक्रमा


सप्तरी, माघ २७ । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ट नेता बालेन साह चुनावी अभियानका क्रममा मंगलवार सप्तरी पुगेका छन । बिहान १० बजे सप्तरी प्रवेश गरेका उनी जिल्लाको चार वटै निर्वाचन क्षेत्रको प्रमुख बजारमा रोड शो गरेका छन ।

उनी पार्टीको सम्पर्क कार्यालयहरुमा समेत पुगेर पार्टीका तर्फबाट चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवार, स्थानीय नेता÷कार्यकर्ता तथा सर्मथक संग संक्षिप्त छलफल गरेका छन । सो क्रममा सर्मथकबाट घेरिएका उनले घण्टी बजाएर सर्मथकको हौसला बढाएका थिए ।

झापाको ५ नम्बर क्षेत्रका उम्मेदवार समेत रहेका साह आफ्ना उम्मेदवारको पक्षमा माहोल बनाउन अहिले देश दौडहामा छन । उनको आगमनले जिल्लामा रास्वपा उम्मेदवारको पक्षमा माहोल बनाउन थप मदत पु¥याएको रास्वपाका तर्फबाट सप्तरीको क्षेत्र नं.२ का उम्मेदवार रहेका रामजी यादवले बताए ।

सर्मथकहरुको सडकमा उर्लेेको भीडका कारण केही बेर ट्राफिक व्यवस्थापन अस्तब्यस्त बनेको थियो । अत्यधिक भीडका कारण सुरक्षा चुनौती देखिएपछि सेना,सशस्त्र र नेपाल प्रहरी परिचालित भएका थिए । उनी सप्तरी सुदरमुकाम राजविराजका साथै जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा पर्ने फत्तेपृुर, कंचनपुर, भारदह, हनुमाननगर, पातो, बोदेबर्साइन लगायतका प्रमुख बजारमा रोड शो गरेका छन ।

सो क्रममा स्वागतका लागी सडक किनारमा उभिएका सर्वसाधारण हात हल्लाएर स्वागत गरेका थिए भने सर्मथकले “अबकि बार बालेन सरकार” को नारा लगाएका थिए ।

उनको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती मन्दिरमा पुजा पाठ तथा राजविराज स्थित गजेन्द्र चोकमा माल्यार्पण गर्ने कार्यक्रम समेत तय गरिएको थियो । तर भीड तथा सुरक्षा चुनौतीलाई ध्यानमा राखी अन्तिम समयमा सो कार्यक्रम रद्ध गरीनु परेको रास्वपा सप्तरीले जनाएको छ ।
यद्धपी नगरपरिक्रमाका क्रममा उनले गाडी बाटै गजेन्द्रनाराण सिंहको सालिक तर्फ माला उचालेर सम्मान प्रकट गरेका थिए ।

 

प्रकाशित मिति: २०८२ माघ २७, मंगलवार १४:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको