सप्तरी, माघ २८ । निर्वाचनको माहौल तात्दै गर्दा स्वाभिमान पार्टीका सप्तरीका दुई उम्मेदवारले मंगलबार साँझ राजविराज स्थित गजेन्द्र चौकमा स्व. गजेन्द्रनारायण सिंहको सालिक सरसफाई, माल्यार्पण तथा दिप प्रज्वलन गरी सम्मान व्यक्त गरेका छन् ।
मधेशवादका प्रणेताका रुपमा चिनिएका स्व. सिंह प्रति उच्च सम्मान स्वरुप स्वाभिमान पार्टीका क्षेत्र नम्बर १ का उम्मेदवार ई. सुमित साह र क्षेत्र नम्बर २ का उम्मेदवार सतिश सिंहले स्वं सिंहको सालिक सरसफाई, माल्यार्पण तथा दिप प्रज्वलन गरेका हुन् ।
यसअघि मंगलबारै विहान पुगेका रास्वपाका बरिष्ठ नेता बालेन शाहले समर्थकहरुको अत्याधिक भीड रहेका कारण देखाउँदै स्व. सिंहको शालिक अगाडी गाडी बाटै शालिक निर माला फालेर स्व. सिंहलाई अभिवादन गर्दै अघि बढ्नु परेको प्रतिक्रिया दिएका थिए ।
स्वाभिमान पार्टीका उम्मेदवारद्वय सुमित र सतिशले स्व. सिंहको अपमान भएको भन्दै आफुहरुले सम्मान स्वरुप शालिकमै पुगेर सरसफाई, माल्यार्पण तथा दिप प्रज्वलन गरेको बताएका छन् ।
मधेश प्रदेशका पुर्व मुख्यमन्त्री समेत रहेका सतिश र युवा नेता ई.सुमित संगै ठुलो संख्यामा पुगेका समर्थकले पनि स्व.सिंहको शालिकमा माल्यार्पण गरी सम्मान व्यक्त गरेका छन् ।






