हुण्डि कारोबारमा संलग्न रहेको आरोपमा मेहता पक्राउ



राजविराज, बैशाख ११ । हुण्डिक कारोबारमा संलग्न रहेको आरोपमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ रम्पुरा मलहनीयाका शम्भु मेहता पक्राउ परेका छन ।

काठमाण्डौबाट आएको प्रहरी टोलीले सप्तरी प्रहरीको समन्वयमा उनलाई विहीवार गाउँ मै लुकी वसेको अवस्थामा पक्राउ गरेको हो ।

२२ वर्षिय मेहतामाथी हुण्डी कारोबारमा संलग्न रहेको भन्दै काठमाण्डौ र पर्सा प्रहरीमा उजुरी परेपछी अनुसन्धानका लागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
उनलाई विहीवार नै अनुसन्धानका लागी विरगंज लगिएको प्रहरीको भनाई छ । उनले एउटा समुह बनाई विभिन्न स्थानमा हुण्डी कारोबार संचालन गर्दै आएको बताइएको छ ।

प्रकाशित मिति: २०८२ बैशाख ११, बिहीबार १७:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको