जसपा नेपाल केन्द्रीय सदस्य अशोक कुमार यादबले पार्टी संगठनलाई बलियो बनाउन सबै एकजुट भएर अगाडि बढनुपर्नेमा जोड दिएका छन् । जसपा नेपाल राजबिराज नगर समिति एकताको प्रथम अधिवेशनको उदघाटनसभालाई मंगलबार सम्बोधन गर्दै उनले यस्तो जोड दिएका हुन् ।
उद्घाटन सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य यादबले पार्टीको संगठनलाई बलियो बनाउन सबै एकजुट भएर अगाडि बढनुपर्नेमा जोड दिए। उनले मधेस विद्रोह र विभिन्न पहिचानको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा र थप अधिकार सुनिश्चितताको लागि संगठनलाई बलियो बनाएर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।
नगर समिति अध्यक्ष भिमराज यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य अमरनाथ मण्डल, मधेश प्रदेश कार्यकारिणी सदस्य दिनेश यादब, राजबिराज नगरपालिकाकी कार्यबाहक नगरप्रमुख ईसरत परविन, बिष्णुपुर गाउँपालिका अध्यक्ष उमेश यादब, राजविराज वडा १ का अध्यक्ष चन्द्र शेखर चौधरीले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसैगरी युवा नेता तारकेश्वर यादब, ओबिसी महासँघ सप्तरीका अध्यक्ष उमेश यादब, समाजवादी बिधार्थी युनियन सप्तरीका अध्यक्ष श्यामकुमार यादब, समाजवादी युवा संघ सप्तरीका अध्यक्ष केदार यादब, स्वास्थ्यकर्मी रामकुमार यादब, जसपा नेता राजेश्वर राय, जसपा नेता लक्ष्मण यादब र अरूण यादबले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।
उद्घाटनसभा सम्पन्न भएपछि दोश्रो चरणमा प्रवेश गरेको बन्द सत्रवाट नयाँ नेतृत्व चयन गरिने जिल्ला निर्वाचन अधिकृत धनेश्वर यादबले जानकारी दिए।






