लागुऔषधसहित तीन युवक पक्राउ



श्यामकुमार ठाकुर
सिरहा, असार १० । सिरहाको लहान नगरपालिका–२ मटिअर्वाबाट लागुऔषधसहित तीन युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहा, लागुऔषध नियन्त्रण ब्युरो शाखा गोलबजार र इलाका प्रहरी कार्यालय लहानको संयुक्त टोलीले सोमबार साँझ बिवेक यादवको घरमा छापा मारी पक्राउ गरेको उनीहरूलाई मंगलवार साँझ सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार लागुऔषधसहित तीन युवक पक्राउ पर्नेमा लहान–२ का २३ वर्षीय बिवेक यादव, लहान–१ का २० वर्षीय सुरेश कुमार साह सुडी र लहान–२ का २७ वर्षीय राजकुमार विश्वकर्मा रहेका छन्।

तलासीका क्रममा १७.४९ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ, एक थान डिजिटल तराजु र तीन थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ। सुरेशको साथबाट मात्र १७।४१ ग्राम लागुऔषध फेला परेको हो।

प्रहरीले तीनै जनालाई पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति: २०८२ असार ११, बुधबार ०७:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको