हेटौंडा, भदौ १९ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले मातहतका निकायहरूलाई आफ्नो विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न निर्देशन दिएका छन् ।
उनले एक निकायको काममा अर्कोले हस्तक्षेप गर्ने र आफ्नो विज्ञता भन्दा बाहिर गएर काम गर्ने प्रवृत्तिको अन्त्य हुनु पर्ने बताए ।
भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा हेटौँडामा आयोजित ‘वार्षिक प्रगति समीक्षा तथा आगामी कार्य योजना गोष्ठी’को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री देवकोटाले भने,‘सडकको विज्ञता भएको निकाय हुँदा हुँदै त्यहाँ हस्तक्षेप गर्ने काम बन्द हुनु पर्छ । जसको जे विज्ञताहो, उसले त्यहीकाम गर्ने हो । अनुशासन र ‘चेन अफकमान्ड’ सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।’
सहरी विकास कार्यालयहरू सहर र भवन निर्माणमा केन्द्रित हुनु पर्नेमा ग्रामीण सडक निर्माणमा रुचि देखाएकोमा असन्तुष्टि व्यक्तगर्दै उनले यस्ता कार्यले गुणस्तर र जवाफदेहितामा प्रश्न उठ्ने बताए ।
‘हामी एउटै मन्त्रालय भित्र त क्षेत्राधिकार मिलाउन सक्दैनौं भने अरू मन्त्रालयले गरेको काममा कसरी प्रश्न उठाउन सक्छौं?’ उनले प्रश्न गरे ।
मन्त्री देवकोटाले प्रदेश यातायात गुरुयोजना (पीटीएमपी) अन्तर्गतका सडकहरूको आर्थिक प्रतिफल र स्थानीय जीविको पार्जनसँगको सम्बन्धबारे समीक्षा गर्ने बेला आएको बताए । उनले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ‘कट–पेस्ट’ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै गुणस्तरीय र वास्तविक धरातलमा आधारित बनाउन निर्देशन दिनुभयो । मन्त्रालयले बहुवर्षीय योजनाहरू र त्यसका लागि स्रोत सुनिश्चितताको विषय दशै ँअघि नै टुङ्ग्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।
कामको विश्वसनीयता र वैधताका लागि तेस्रो पक्षबाट अनुगमन तथा मूल्याङ्कन गर्ने प्रणाली विकास गर्नुपर्नेमा उनको जोड थियो ।
मन्त्रीदेवकोटाले मन्त्रालयले निर्माण गरेका सडक, पुल, भवनजस्ताभौतिक सम्पत्तिहरूको उचितमूल्याङ्कन गरी अभिलेखीकरण गर्नुपर्ने आवश्यकताऔँल्याए । राजधानीसमेत रहेको काठमाडौँ उपत्यकामाठूला र देखिने खालकाआयोजनाहरूको कमीभएको भन्दै यस विषयमाविशेष ध्यान केन्द्रित गर्न उनले सम्बन्धितकार्यालयहरूलाई आग्रह गरे । कार्यक्रममाउत्कृष्टकार्यसम्पादन गर्ने जिल्लाहरूलाई सम्मान गर्ने नयाँ परम्पराको सुरुवात गरिएकोमा खुसीव्यक्तगर्दै उनले आगामीवर्ष अन्यजिल्लाहरूलाई पनिबधाई दिनआतुर रहेको बताए ।
कार्यक्रममाबोल्दै मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले मन्त्रालयले आफ्नो विषयमाविज्ञताहासिलगरेको मन्त्रीपाएकाले प्रभावकारी ढङ्गबाटकामहुने विश्वास व्यक्तगरे ।
उनले भने,हामीले आफ्नो मन्त्रालयको विषयमाविज्ञताहासिल गर्नुभएकामन्त्रीपाएकाछौँ, यो मन्त्रालय र यहाँकार्यरत कर्मचारीकालागिगर्वको विषयहो।’
सचिव मरहठ्ठाले मातहतकाकर्मचारीहरूलाई प्राविधिकज्ञानका साथै प्रचलितकानुन र राज्य सञ्चालनकानीतिहरूमापनिअब्बलबन्ननिर्देशनदिए । उनले कुनै पनिप्राविधिककर्मचारीकालागिआफ्नो विषयको प्राविधिकज्ञानहुनु, हरेक कामकानुनसम्मत गर्न प्रचलितकानुनबारे अद्यावधिक रहनु, र दलीय राजनीतिभन्दामाथिउठेर राष्ट्रिय योजना, प्रदेशकाआवधिक योजनातथा सरकारका लक्ष्यजस्ता राज्य सञ्चालनकानीतिबारे स्पष्टजानकारी राख्नु अनिवार्य रहेकोमा जोड दिए ।
भाद्र १७ र १८ गते सञ्चालितदुईदिने उक्तगोष्ठीमाआर्थिक वर्ष २०८१/८२को कार्यप्रगति समीक्षागर्दै आगामीआर्थिक वर्ष २०८२/८३ का लागिकार्ययोजना तय गरिएको थियो। मन्त्रालयमातहतका १९ वटै कार्यालयकाप्रमुखहरूले आ–आफ्नो कार्यालयको कार्यसम्पादनविवरण प्रस्तुत गर्नुभएको थियो।
गोष्ठीमा योजनाकार्यान्वयनमा देखिएका मुख्यचुनौतीहरू जस्तैः जग्गा प्राप्तिमा ढिलाइ, निर्माण सामग्रीको अभाव, जटिल ठेक्काप्रक्रिया र जनशक्तिअभावबारे विस्तृत छलफल भएको थियो। मन्त्रालयले पूँजीगतखर्च र बेरुजु फछ्यौटजस्ता सूचकका आधारमा पूर्वाधार विकास कार्यालय, मकवानपुर र सहरी विकास तथा भवन कार्यालय, काभ्रेलाई प्रशंसापत्रप्रदान गरेको थियो।
गोष्ठीमा सहभागीहरूलाई सहरी योजनातथाबस्तीविकास विज्ञप्रा. डा. संगीता सिंह र वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन विज्ञ डा. माधवकार्कीले प्रशिक्षण दिनुभएको थियो।






