सिरहा, मंसिर १६ । अबैध घुसपैठ भइ रहेको आशंकामा सिरहा प्रशासनले सीमा नाकामा कडाई गरेको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले मंगलबार सूचना प्रशासन गर्दै सीमावर्ती नाकाबाट परिचय नखुलेका शंकास्पद व्यक्तिहरु अबैध ढंगबाट जिल्लामा प्रवेश गर्न सक्ने हुँदा सीमावर्ती क्षेत्रमा चेकजाँच कडा गरिएको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालले परिचय नखुलेका शंकास्पद व्यक्ति कही कतै देखिए नजिकको सुरक्षा निकायमा जानकारी गराउन आग्रह समेत गरेको छ । त्यस्ता परिचय नखुलेका व्यक्तिलाई घरमा बसोबास नदिन र कुनै कामकाजमा समेत नलगाउन अनुरोध गरेको छ ।
भारत सरकारले विहार र बंगाल क्षेत्रमा अबैध रुपमा बसोबास गर्दै आएकाहरु प्रति छानविन थालेपछि उनिहरु खुला सीमाको प्रयोग गर्दै नेपाल छिर्न सक्ने आशंकामा सिरहा प्रहरीले कडाई गरेको हो ।
केही दिन अघि काकडभिठ्ठा हुँदै केही व्यक्ति नेपाल प्रवेश गरेको हल्ला चलेपछि प्रशासनले कडाई गर्न थालेको हो ।






