विराटनगर, चैत १९ । सुनसरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मोटरसाइकलमा सवार एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार पूर्व(पश्चिम राजमार्गको सुनसरीको इनरुवा नगरपालिका– ६ खण्डमा विराटनगरबाट विरगञ्जतर्फ जाँदै गरेको ना६ख २९३१ नम्बरको बसले इनरुवाबाट धरानतर्फ जाँदै गरेको को२५प ३३७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट परी गम्भीर घाइते भएका चालक सुनसरीको हरिनगर गाउँपालिका(३ का ४६ वर्षीय महेशकुमार मेहताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
मोटरसाइकलमा सवार सुनसरी देवानगंज गाउँपालिका(२ का ५७ वर्षीय गुगली मेहता घाइते छन् । बस चालक सिरहाको लाहान नगरपालिका(१५ का ३४ वर्षीय सुर्यनारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






