मजदुरको न्यूनतम पारिश्रमिक कायम हुनुपर्नेमा जोड



विराटनगर, असार २६ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले मजुदरको जीवनयापनका लागि पुग्ने मजदुरको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रमार्फत ‘ पारिश्रमिक वृद्धि र श्रम कानुन कार्यान्वयन’सम्बन्धमा जिफन्टका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले आज बुझाउनुभएको चार बुँदे ज्ञापनपत्र बुझ्दै उहाँले मजदुरको सहज जीवनयापनका लागि पुग्ने पारिश्रमिक निर्धारण गर्नरगराउन प्रदेश सरकारले रोजगारदातासँग छलफल गरी कार्यान्वयन गराउने बताउनुभयो ।



मन्त्री राईले मजदुरहरूले मुलुकमा प्रजातन्त्र, लोकतन्त्रसहित सङ्घीयता स्थापनामा महत्त्वपूर्ण योगदान पुर्याएका चर्चा गर्दै श्रमिकको परिवारको पालनपोषणका लागि न्यूनतम पारिश्रमिक उपलब्ध गराउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले मुलुकमा औद्योगिक उत्पादन वृद्धि गरी समृद्धि कायम गर्न मजदुरको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

जिफन्टका केन्द्रीय अध्यक्ष श्रेष्ठले मजदुरको न्यूनतम पारिश्रमिक रु ३० हजार ४४३ हुनुपर्ने आफ्नो माग रहेको बताउनुभयो । जिफन्टका प्रदेश अध्यक्ष किशोर धमला, ट्रेड युनियन कांग्रेसका प्रदेश अध्यक्ष नारायणबाबु कार्कीलगायतले मजदुरको न्यूनीयन पारिश्रमिक वृद्धि गरी सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था गराउनुपर्नेमा जोड दिनुभयो ।

यसअघि समन्वय केन्द्रले संसारीमाईस्थानमा निकालेको जुलुसले नगरको मुख्यमुख्य भागको परिक्रमा गरी महेन्द्र चोकमा पुगेर कोणसभामा परिणतमा परिणत भएको थियो ।

प्रकाशित मिति: २०८२ असार २६, बिहीबार १७:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको