कांग्रेसबाट निकालिएका बिष्णुले भने – आफूलाई पुनः ऊर्जावान बनायो



इटहरी, असार २७। नेपाली कांग्रेसको कारवाहीमा परेका कांग्रेसका खोटाङ जिल्ला सभापति बिष्णुकुमार राईले आफूमाथि एक वर्षको निलम्बनसहितको राजनीतिक कारवाहीपछि जनस्तरबाट प्राप्त सद्भावनाले आफूलाई पुनः ऊर्जावान बनाएको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भावुक अभिव्यक्तिमा उनले कारवाहीपछि जनस्तरबाट प्राप्त सद्भावनाले आफूलाई थप आफूलाई पुनः ऊर्जावान बनाएको  बताएका हुन् ।



उनले लेखेका छन्, ‘फेरि एकपटक निष्ठा र त्यागको राजनीतिले जगतबाट पृष्ठपोषण पाएको छ ।’

राईका अनुसार राजनीतिकमा धूर्त, फट्याई र चाकडिवाजहरुको वर्चस्व रहेको बताए ।

राईले भने, ‘धूर्त, फट्याई र चाकडिवाज’हरुले वर्चस्व जमाएको भान भइरहेका बेला पनि सत्य र निष्ठाको पक्षमा उभिन जनताको साथले आफूलाई थप उचाइ दिएको छ ।’

उनी थप लेख्छन्,‘जब म माथि १ वर्षे नसिहतको कारवाही सार्वजनिक भयो, जगतले त्यसप्रति गरेको खेदप्रकट र ममाथि देखाएको सदाशयताले पुनः मेरो राजनैतिक निष्ठाको सगरमाथाले थप उचाई प्राप्त गरेको अनुभूति पाईरहेछु ।’

अभिव्यक्तिमा राईले आफ्ना पुराना राजनीतिक स्मृतिहरु पनि साटेका छन् ।

प्रकाशित मिति: २०८२ असार २७, शुक्रबार १०:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको