उदयपुरमा ट्रक दुर्घटनामा चालकको ज्यान गयो



उदयपुर, साउन १५ । उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा आज बिहान एक ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ।

काठमाडौँबाट इटहरीतर्फ जाँदै गरेको ट्रक सडकबाट अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा त्रियुगा नगरपालिका–४, बगाहाका ३५ वर्षीय जीवन विश्वकर्मा गम्भीर घाइते भएका थिए।



जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, घाइते विश्वकर्मालाई तत्कालै जिल्ला अस्पताल उदयपुर पुर्‍याइए पनि उपचारको क्रममा उनको ज्यान गएको हो।

प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: २०८२ श्रावण १५, बिहीबार १०:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको