भाटभटेनी विराटनगरमा जलेको अवस्थामा शव भेटियो



विराटनगर, भदौ ३०। जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव अर्थात मानव कंकाल फेला परेको छ ।

मोरङ प्रहरीका अनुसार सोमबार बिहान सफाइ गर्ने क्रममा सुपरमार्केटको दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको हो ।



प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगजनी र लुटपाटका क्रममा घटनास्थलमै कसैको मृत्यु भएको हुन सक्छ ।

जेन–जी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटहरू आन्दोलनकारीहरुको निसानामा परेको यियो ।

धरान र विराटनगरको भाटभटेनी भने ध्वस्त छ ।  धरानस्थित भाटभटेनीमा आगजनी हुँदा चार जनाको ज्यान गएको थियो ।

 

प्रकाशित मिति: २०८२ भाद्र ३०, सोमबार १७:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको