किसानलाई अनुदानमा गहुँको बीउ   



 तुलसीपुर (दाङ), कात्तिक २१ । दाङको तुलसीपुर उपमहानगरपालिकाले किसानलाई गहुँको बीउ वितरण सुरु गरेको छ । बिहीबारदेखि उपमहानगरपालिकाले गहुँको बीउ वितरण सुरु गरेको हो । यस वर्ष दुई हजार क्विन्टल गहुँको बीउवितरण गर्न लागिएको उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभयो ।

उहाँका अनुसार गौतम, विजय र वाणगङ्गा जातका बीउ ल्याइएको छ । जसमा ७० क्विन्टल गौतम, ९० क्विन्टल विजय र ४० क्विन्टल बाणगङ्गा बीउ ल्याइएको हो । किसानहरूलाई सहजताका लागि यसरी बीउ ल्याएर वितरण गर्ने गरिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार ५० प्रतिशत अनुदानमा किसानलाई बीउ उपलब्ध गराउने गरिएको छ । जसमा किसानलाई प्रतिकिलो ३७ रूपैयाँ पर्न जान्छ ।

प्रकाशित मिति: २०८२ कार्तिक २१, शुक्रबार ०७:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको