रौतहटमा नक्कली नोटसहित ३ जना पक्राउ



ओम प्रकाश यादव
रौतहट, मंसिर १७ । रौतहटको ईशनाथ नगरपालिका–४ लतमरी सीमाक्षेत्रबाट नेपाली नक्कली नोटसहित तीन जनालाई सशस्त्र प्रहरीले पक्राऊ गरेको छ।

मंगलबार साँझ ५ बजे सशस्त्र प्रहरी बल नेपाल बीओपी औरैयाबाट खटिएको गस्ती टोलीले एक भारतीय नागरिकसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेको वीआर–०५–एटी–०९८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा भारत पूर्वी चम्पारण, चैनपुर ग्राम पञ्चायतका २३ वर्षीय जय प्रकाश कुमार, रौतहट देवाही–गोनाही नगरपालिका–४ का २१ वर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल पक्राउ परेका हुन्।

उनीहरूको साथबाट रु १,००० दरका ११८ थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी तथा जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा पक्राउ परेका व्यक्तिहरू भारतबाट नक्कली नोट नेपालतर्फ ल्याउँदै गरेको खुलेको प्रहरीले बताएको छ।

घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: २०८२ मंसिर १७, बुधबार ०९:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको