सप्तरीका पालिका प्रमुखहरु एक साथ अनसनमा



राजविराज, मंसिर २६ । राजविराजमा आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै सप्तरीका पालिका प्रमुखहरु सामुहिक रुपमा रिले अनसनमा बसेका छन् ।

राजविराज स्थित गजेन्द्रचोकमा शुक्रबार जिल्ला समन्वय समितिका प्रमुख शिवनाराण साहका साथै सबै १८ वटै पालिकाका प्रमुखहरु रिले अनसनमा बसेका हुन् ।

राजविराजमा रहेको करदाता सेवा कार्यालय खारेज गर्ने सरकारले निर्णय गरेपछि त्यसको विरुद्धमा गठित करदाता सेवा कार्यालय पुनस्र्थापना संघर्ष समितको अगुवाईमा शुरु भएको रिले अनसन ७ दिन सम्म चल्ने र त्यसपछि पनि माग सम्बोधन नगरिए आमरण अनसन देखि भोक हडताल सम्मको कार्यक्रम घोषणा गरिने संघर्ष समितिका संयोजक मोहन यादवको भनाई छ ।

रिले अनसन चलि रहँदा पुगेका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो पनि एक्यवद्धता जनाउँदै केहीबेर अनसनमा बसेका थिए । सो क्रममा उनले सप्तरीवासीले उठाएका मागप्रति समर्थन सहित सरकारसंग अविलम्ब माग सम्बोधनका लागि पहल गर्न माग गरे ।

रिले अनसनमा जनप्रतिनिधिका साथै विभिन्न राजनीति दलका प्रतिनिधि तथा उद्योगी व्यवसायीहरुको व्यापक सहभागीता देखिएको छ ।

यसअघि करदाता सेवा कार्यालय खारेज गर्ने निर्णयको विरोध र आन्तरिक राजस्व कार्यालय स्थापनाको माग गर्दै उद्योगी व्यवसायी, जेनजी समुहका युवाहरु जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी धर्ना, बजारबन्द, हस्ताक्षर अभियान, प्रधानमन्त्रीलाई ज्ञापन लगायतका विरोध कार्यक्रम सम्पन्न गरिसकेका छन् ।

प्रकाशित मिति: २०८२ मंसिर २६, शुक्रबार १८:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको