रिले अनसनमा सहभागिता बढदै



राजविराज, मंसिर २८ । आन्तरिक राजश्व कार्यालय स्थापना पुनस्र्थापनाको माग गर्दै जारी रिले अनसनमा सहभागिता बढदै गएको छ ।  सप्तरी सदरमुकाम राजविराजमा सुरु भएको रिले अनसन तेश्रो दिन आइतबार पनि जारी रहेको छ ।

रिले अनसनमा एक्यवद्धता जनाउँदै बस्नेहरुमा उद्योगी व्यवसायी, राजनीतिक दल, विभिन्न संघ संस्थाका प्रतिनिधि, पालिका प्रमुखका साथै मधेश प्रदेशका बहालबाला मन्त्री देखि राजनीतिक दलका अध्यक्ष तथा विघटित प्रतिनिधिसभाका सदस्य सम्म छन् । यसैक्रममा आइतबारको रिले अनसनमा बिघटित प्रतिनिधिसभाको सदस्य रञ्जु ठाकुर, पुर्व मन्त्री उमेशप्रसाद यादव तथा संविधानसभा सदस्य रञ्जित कर्ण पनि सहभागि भएका छन् । उनीहरुले खर्च कटौतीको नाममा करदाता सेवा कार्यालय यहाँबाट हटाउने गरिएको निर्णय अव्यवहारिक र अविवेकीपुर्ण भएको भन्दै अविलम्ब सच्चयाउन माग गरेका छन् ।

अघिल्लो दिन उक्त मागको समर्थनमा मधेश प्रदेशका अर्थमन्त्री महेश प्रसाद यादव रिले अनसनमा बसेका थिए । यस्तै रिले अनसनको पहिलो दिन सप्तरीका १८ वटै पालिकाका पालिका पंमुख तथा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो पनि बसेका थिए ।

प्रकाशित मिति: २०८२ मंसिर २८, आईतवार १७:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको