भेरी नदीमा टिपर खस्दा ३ जना बेपत्ता, पहिचान खुल्न बाँकी



काठमाण्डौ, साउन ७ । रुकुमपश्चिमस्थित भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्।

जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रा१क १५०१ नम्बरको टिपर गएराति रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए।

उनका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए। टिपर नदीमा खसेपछि उनीहरुको अवस्था अज्ञात छ।

बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए।

नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। बेपत्ता भएकाहरुको नाम ठेगाना केही खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ श्रावण ७, बुधबार ०९:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको