सिरहामा दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ



श्याम कुमार ठाकुर
सिरहा, मंसिर १२ । सिरहामा प्रहरीले २४ घण्टाभित्र दुई फरक–फरक स्थानमा विशेष सूचनाका आधारमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा ६ जनालाई पक्राउ गरेको छ।

मिर्चैया र गोलबजार क्षेत्रमा गरिएको कारबाहीका क्रममा प्रहरीले प्रतिबन्धित लागुऔषध, डिजिटल तराजु, मोबाइल फोन तथा नगद रकम समेत बरामद गरेको छ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मिर्चैयाबाट शंकास्पद अवस्थामा रहेका ४ जनालाई नियन्त्रणमा लिएको हो। विहिवार नरहा ३ चौहर्वा चौकबाट चेकजाँचको क्रममा उनीहरूलाई पक्राउ गरेको हो । उनिहरुको साथबाट ब्राउनसुगर जस्तो पदार्थ, डिजिटल तराजु र मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुमा सर्लाहीका ३२ वर्षीय कृष्ण रिजाल , उदयपुरका २३ वर्षीय केदार कुमार मगर , १९ वर्षीय अर्थमान थापा र ३३ वर्षीय देव प्रसाद प्रसाई रहेका छन ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर थप अनुसन्धान भइरहेको छ।

त्यसै गरि गोलबजारबाट २ जना हिरोइनसहित पक्राउ परेका छन । गोलबजार ६ हटियाबजार बाट बुधवार लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा २ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट हिरोइन जस्तो पदार्थ र नगद रकम बरामद भएको छ।

पक्राउ परेकाहरूमा समिर लहेरी र राजन विश्वकर्मा रहेका छन ।

दुवै जनामाथि लागुऔषध सम्बन्धी कसुरअन्तर्गत आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सूचना अधिकारी रमेश बहादुर पालले जानकारी दिएका छन्।

प्रकाशित मिति: २०८२ मंसिर १२, शुक्रबार १६:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको