ट्रम्पमाथि अनुसन्धान गरेका १२ वकिल बर्खास्त



जनकपुरधाम, माघ १५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका आरोपमा अनुसन्धान गरेका १२ वकिलहरु पदबाट बर्खास्त भएका छन् ।

सीबीएस न्यूजका अनुसार कार्यवाहक महान्यायाधिवक्ता जेम्स मेक हेनरीले ती वकिलहरुलाई पदबाट हटाउने निर्णय गरेका हुन् । राष्ट्रपति ट्रम्पका नीतिलाई उनीहरुले राम्रोसँग कार्यान्वयन गर्न नसक्ने ठहर गर्दै पदबाट हटाइएको ती अधिकारीले जनाएका छन् ।

बर्खास्तमा परेकाहरु विशेष वकिल ज्याक स्मिथको टिमका सदस्यहरु हुन् । उनीहरु ट्रम्पले सन् २०२० को चुनावको नतिजा उल्ट्याउने प्रयास गरेको विषयमा अनुसन्धानमा संलग्न थिए ।

जो बाइडनले चुनाव जित्ने निश्चित भएपछि ट्रम्प समर्थकहरु तोडफोडमा उत्रिँदा स्थिति तनावपूर्ण भएको थियो । त्यसपछि ट्रम्पमाथि चुनावको नतिजा उल्ट्याउने प्रयास गरेको आरोपमा अनुसन्धान भइरहेको थियो ।

अनुसन्धानका लागि स्मिथलाई विशेष वकिलको रुपमा नियुक्त गरिएको थियो । तर सन् २०२४ को राष्ट्रपति निर्वाचनमा ट्रम्प विजयी भएपछि अनुसन्धानको फाइल बन्द गरिएको थियो । ट्रम्पले पद सम्हालेलगत्तै उनीहरुलाई पदबाट हटाउने घोषणा गरेका थिए ।

बर्खास्तीको निर्णय सोमबारदेखि नै कार्यान्वयनमा आएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: २०८१ माघ १५, मंगलवार ०९:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको